कुनैपनि कारणले मुखमा रहेको हड्डी बाङ्गियो भने त्यसलाई मिलाउन सकिन्छ। कसैको अनुहारमा रहेको हड्डी बढ्ने क्रम रोकिन्छ। त्यस्तो अवस्थामा विभिन्न प्रविधिको प्रयोग गरेर उपचार गर्न सकिन्छ।
यसको पहिलो बिकल्प भनेको तार बाँधेर हो। त्यस्तै ब्रेसेस लगाएरपनि मिलाउन सकिन्छ। उपचारका लागि अन्य नयाँ प्रविधि समेत आएका छन्।
मुखको हड्डी बाङ्गिनुको विभिन्न कारण हुन्छ। सुत्केरी हुदाँ कुनै समस्या भएमा अथवा तान्दाखेरी चिउडोमा लागेमा समेत मुखको हड्डी बाङ्गिन सक्छ। लडेर होस, ठोक्किएर समेत बाङ्गिन सक्छ। कतिपय अवस्थामा यो वंशाणुगत कारणले समेत हुनसक्छ। मुखको हड्डी बांङ्गिएको छ भने अनुहारमै देखिन्छ। त्यस्तै, टोकाइमापनि समस्या हुन्छ। त्यस्तै बोल्दा समेत समस्या हुन्छ। उपचार गरेमा यो समस्या पुर्ण रुपमा समाधान हुन्छ। धार बाँधेर र कहिलेकाही सर्जरी गरेर समेत यसको उपचार गर्नुपर्ने हुन्छ।
डा.पुष्कर मानन्धर
अर्थोडन्टिक्स एण्ड फेसियल अर्थोपेडिक
समाज डेन्ट हस्पिटल (बानेश्वर शाखा)
Category: Blog
Samaj Dental hosts various events on different parts inside the valley . Get in touch with our events and follow our blogs for more dental related news and articles . We have the best and the most experienced dentists from all over Nepal working together as a team. We take care of our patients teeth.
कुनैपनि दाँत बिग्रिएमा अर्को दाँत कसरी राख्न सकिन्छ? – डा. अनिल महर्जन
दन्त प्रत्यारोपणलाई डेन्टल इम्प्लान्ट अथवा कृत्रिम दाँत राख्ने भनिन्छ। हड्डीभित्र जरा रोपेर त्यसको माथी कभर राख्नु नै डेन्टल इम्प्लान्ट हो। यो अहिलेको सबैभन्दा पछिल्लो प्रविधि हो। यसको लागि हड्डीको अवस्था ठीक छ कि छैन भनेर एक्सरे गरिन्छ।
कुनैपनि दाँत नहुदा अर्को दाँत राख्न सकिन्छ। त्यसको लागि झिक्ने, राख्ने खालको दाँत हुन्छ, जुन फिक्स होइन। यसलाई सफा गर्नुपर्छ।
अर्को फिक्स खालको दाँत हुन्छ। यसको लागि छेउको दाँतको सपोर्ट लिएर दाँत राख्नुपर्छ। छेउको दाँत थोरै खुर्किएर तीनओटा कभर राखेर दाँत राख्न सकिन्छ। यसमा दाँत सफा राख्नु पर्छ। कुनै कारणले सफा गर्न नसके छेउको दाँत निकाल्नुपर्ने हुन्छ।
सबैभन्दा पछिल्लो प्रविधि भनेको दाँतको प्रत्यारोपण हो। हड्डीभित्र जरा रोपेर त्यसको माथी कभर गर्न सकिन्छ। यसको मुख्य फाइदा भनेको छेउको दाँत खुर्किन पर्दैन। यस्तो गर्दा छेउको दाँत हल्लिने समस्या समेत हुदैन। दाँत राख्दा छेउको दाँत स्वस्थ हुनुपर्छ। यदी छेउको दाँतमा किरा लागेको छ भने आरसिटी गर्नुपर्छ।
गिजाको समस्या छ भने गिजाको समस्या समाधान गरेर मात्रै दाँत राख्नुपर्छ। कुनै दाँत भाचिएको छ भनेपनि त्यसको उपचार गरेर मात्रै दाँत राख्नुपर्छ।
डा.अनिल महर्जन
एमडिएस प्रस्थोडोन्टीक्स
समाज डेण्टल हस्पिटल (जाउलाखेल शाखा)
दाँतमा देखिने समस्याबाट कसरी जोगिने ? – डा. बुद्धी खडायत
दाँतमा आउने समस्या भनेको किरा लाग्नु र फोहोर जम्नु हो। त्यो समस्या नै आउन नदिन बच्चाहरुलाई सही तरिकाको पोषण र आहारको व्यवस्था हुनुपर्छ। आजकल बजारमा प्रसोधित र जंक फुड पाइन्छ। यस्ता खानाले दाँतमा धेरै किरा लाग्छ। त्यस्तै गुलीयो खानाले दाँतमा समस्या पार्छ। खाना खाइसकेपछि सरसफाइ भएन भने समेत किरा लाग्छ। खानेकुराहरुमा जंक फुड र गुलीयो पदार्थ लगायतको कम गर्यो भने किरा लाग्ने संभावना कम हुन्छ।
फ्लोराइड भन्ने तत्वले दाँतमा किरा लाग्ने संभावना कम हुन्छ। त्यो हामीले पानी र खाने कुरामा पाउछौं। त्यसको उचित प्रयोग भएमा बच्चाको दाँतको समस्या कम हुन्छ।
बच्चालाई १ वर्ष नपुग्दै दन्त चिकित्सकहाँ लैजानुपर्छ। हरेको दिनमा दुई पटक दाँतमा ब्रस गर्नुपर्छ। बच्चाहरुको दाँत माझ्ने प्रक्रिया दाँत आइसकेपछि सुरु हुन्छ। बच्चाहरुको दाँत माझ्नकै लागि बनेका ब्रसहरु पाइन्छन्। मञ्जन नराखिकनपनि ब्रस गर्न लगाउन सकिन्छ। दाँत नआएका बच्चाहरुको भने सफा कपडा भिजाएर गिजा सफा गर्नुपर्छ।
तीन देखि चार वर्षसम्मको बच्चालाई मञ्जन नराखिकन ब्रस गराउने हो भने त्यसपछि मञ्जन राखेर ब्रस गराउनुपर्छ। ६, ७ वर्ष नपुग्दासम्म बच्चाको ब्रस गराइदिनुपर्छ भने त्यसपछि अभिभावकको निगरानीमा ब्रस गर्न सक्छन्।
दुधे दाँत साटिने उमेर ६\७ देखि १२\१३ वर्षको उमेर हो। त्यो बेलामा अभिभाबकले प्रत्येक महिना बच्चाको दाँत हेर्नुपर्छ। आवश्यक परेमा चिकित्सकहाँ जानुपर्छ।
युवा र बृद्ध अवस्थामापनि दाँतको हेरचाह गर्नुपर्छ। दाँतमा किरा लाग्न रोक्ने उपाय भनेको ब्रस गर्नु हो। दिनको दुई पटक ब्रस गर्नुपर्छ भने कम्तिमा एकपटक विशेष प्रकारको धागो प्रयोग गरेर फ्लस गर्न सकिन्छ। कम्तिमा वर्षमा एक पटक दाँतको परिक्षण गर्नुपर्छ। यस्ता उपाय अपनाएमा दाँतमा लाग्ने किरा र गिजा सुन्नीने समस्याबाट छुटकरा पाउन सकिन्छ।
दन्त चिकित्सक
डा बुद्धी खडायत
समाज डेण्टल हस्पिटल (जाउलाखेल शाखा)
कुन अवस्थामा दाँतमा तार बाध्नुपर्छ ? – डा. आर्ली श्रेष्ठ
दाँतमा तार अर्थात ब्रेसेस कस्तो अवस्थामा बाँध्ने भन्ने एकीन हुदैन। कसैको बाङ्गो टिङ्गो छ भने कसैको दाँत बाहिर निस्केको छ भने दाँतमा तार बाध्नुपर्छ। दाँतको संरचना मिलेन भने चपाउन गाह्रो हुने अनि दाँत किट्ने समस्या आउने हुन्छ। यही उमेरमा दाँतमा तार बाध्ने भन्ने हुदैन। कसैको बच्चैमा दाँत बाङ्गो आएको छ भनेपनि दाँत बाध्नुपर्छ।
दाँत सिधै भइरहेको हुन्छ तर थाहा हुदैन। हड्डी भित्र बसेर समेत समस्या परेको हुन्छ। जहाँबाट दाँत आउने त्यहाबाट नआएर र ठाउ नपुगेर बाङ्गो टिङ्गो भयो भने समेत ब्रेसेस बाँध्ने हो। बाङगो-टिङ्गो भएर मात्र दाँतमा तार बाध्ने भन्ने हुदैन।
यति नै वर्ष दाँतमा तार बाध्न पर्छ भन्ने एकीन हुदैन। कम्तिमा दुई देखि तीन वर्षसम्म दाँतमा तार बाध्नुपर्छ। कसैको दाँत निकाल्नुपर्छ भने कसैको दाँत निकाल्न पर्ने हुन्छ। दाँत निकालेर उपचार गर्नुपर्यो भने समय लाग्न सक्छ।
राम्रोसँग ब्रस गर्दा समेत नजाने भएमा समस्या आउछ। त्यस्तो अवस्थामा किरा लाग्न सक्छ। उमेर हुदा त केही हुदैन तर उमेर बढ्दै गएपछि भने समस्या आउनसक्छ।
अर्थोडोन्टीस्ट
डा.आर्ली श्रेष्ठ
समाज डेन्टल हस्पिटल
दाँतको दुःखाईबाट कसरी जोगिने? – डा. कृष्ण मिलन पाण्डे
सामान्तया दाँत दुख्ने समस्या भनेको किरा लागेरपनि हुन्छ भने दाँत उम्रिने बेलामा हुन्छ। अर्को, धेरै गिजा सुन्नियो भने त्यसको संक्रमणले दाँत दुख्छ।
दाँतमा तीन भाग हुन्छ। हामीले बाहिर देखिने भाँगलाई इनामेल भनिन्छ। त्यो भन्दा भित्रि भागलाई डेन्टिन भनिन्छ भने त्यो भन्दा अझै भित्र पल च्याम्बर हुन्छ।
किरा लाग्दा बाहिरी भाग खिइदा खासै फरक पर्दैन। जुन भित्री भाग हुन्छ, त्यहाँसम्म पुग्दा हल्का सिरिङ-सिरिङ हुन्छ। त्यसपछिपनि हामीले बेवास्ता गर्यौ भने दाँतको नसाहरुसम्म पुग्छ। त्यो बेलामा धेरै दुख्ने हुन्छ। त्यस्तो अवस्थामा रुट क्यानल गरेर दाँतको दुःखाई हटाउन सकिन्छ। अर्को कुरा भनेको बुद्धी बङ्गारा उम्रीने बेलामा दाँत दुख्ने समस्या हुन्छ।
गिजा यत्तिकै सुन्निदैन। लामो समयसम्म ब्रस भएको छैन, फोहोरहरु बसिरहेको छ भने गिजा हल्का सुन्निन थाल्छ। त्यसलाई अझै हेलचक्र्याई गरियो भने संक्रमण बढ्दै जान्छ। त्यस्तो अवस्थामा गिजाको फाइबर्सहरु टुक्रिन थाल्छ। त्यो कारणले दाँतहरु हल्लिन्छ। त्यसपछी गिजाबाट रगत आउने, दुख्ने समस्याहरु हुन्छ।
यसबाट बच्नलाई दिनमा दुई पटक मजाले ब्रस गर्नुपर्छ। ६ महिना देखि १ वर्षको बिचमा दाँत सफा गर्नुपर्छ। यति गरेमा गिजा सुन्निने समस्या धेरै कम हुन्छ।
किराले धेरै समस्या पारेको छ भने दाँतको बिग्रेको नसालाई फालेर त्यहाँ कृत्रिम नसा राखिन्छ। दाँतकै रंगको सिमेन्ट सहायतले भर्न र खोल लगाउन सकिन्छ। त्यसले पहिलाको जस्तै बलियो दाँत नबनाएपनि धेरै हदसम्म बलियो हुन्छ।
हामीले खाएको खाना लामो समयसम्म मुखमा रहीरह्यो भने मुखमा रहेको व्यक्टेरीयाले त्यो खाना कुहाइदिन्छ। त्यसपछि निस्किने एसिडले दाँतलाई गलाउछ। त्यसलाई नै दाँतमा किरा लाग्ने भनिएको हो।दाँतमा किरै हुने भन्ने हुदैन।
कतिपय अवस्थामा बुद्धी बंगारा राम्रोसँग उम्रिन सक्दैन। उम्रिने बेलामा दाँतलाई गिजाले छोप्छ भने कुनै कुनै बेलामा हड्डीमा नै बसेको हुन्छ। त्यस्तो बेलामा राम्रोसँग सफा भएन भने दाँत र गिजामा रहेको सानो चेपमा खाएको खाना अड्किन्छ। जसले गर्दा गिजा सुन्निन्छ। त्यस्तो अवस्थामा दाँत नै निकाल्नुपर्ने हुन्छ। जसले गर्दा दाँतको दुःखाई हुन्छ।
दन्त चिकित्सक
डा.कृष्ण मिलन पाण्डे
समाज डेन्टल हस्पिटल (राधे-राधे शाखा)
दाँत सिरिङ सिरिङ किन हुन्छ, कसरी उपचार गर्ने? – डा. प्रियंका सिंह राठौंर
दाँत सिरिङ-सिरिङ हुनुलाई मेडिकल भाषामा हाइपर सेन्सेटिभिटी (Hyper Sensitivity) भनिन्छ।यसको विभिन्न कारण हुन्छ।
दाँतको माथीको क्राउन भाग हुन्छ, त्यसमा इनामेल हुन्छ अनि तल-तल रुट भागमा पनि सिमेन्टम हुन्छ। दाँतको घाटी भाग हुन्छ। त्यहाँ सिमेन्टम र इनामेल हुन्छ। त्यो भागहरु विभिन्न कारणले, जस्तो ब्रस गर्दा मिलेन भने दाँत सिरिङ-सिरिङ हुन्छ। त्यस्तै पेट सम्बन्धी समस्या छ भने, पेय पदार्थहरु खाँदा माथीको इनामेल लेयर हटेर जान्छ। डेन्टीन भन्ने दोश्रो लेयर हुन्छ। त्यसमा डेन्टीनल ट्वीबेल्स भन्ने हुन्छ। त्यसमा नसाहरु बसेको हुन्छ। हाइपर सेन्सेटीभिटीमा त्यो ट्वीबेल्सहरु बाहीरी वातावरणमा एक्सपोज हुन थाल्छ। एक्सपोज भइसकेपछि मान्छेलाई तातो चिसो लाग्ने सिरिङ सिरिङ हुने लगातयका समस्या आउछ।
यसको उपचारको लागि दन्त चिकित्सककहाँ गएर परिक्षण गर्नुपर्छ। कतै झरेको, भाचिएको छ भने त्यसलाई भर्नुपर्छ। दात ब्रस गर्ने तरिकाहरु अपनाउनुपर्छ। ब्रस र मञ्जनपनि दन्त चिकित्सकको सल्लाहमा प्रयोग गर्नुपर्छ। कुनै पेटको समस्या छ भने उपचार गर्नुपर्छ। समस्याको कारण पत्ता लगायो भने उपचार गर्न कठिन छैन।
दन्त चिकित्सक
डा. प्रियंका सिंह राठौर
समाज डेण्टल हस्पिटल (बसुन्धरा शाखा)
दाँत कसरी माझ्ने ? – डा. सृष्टि शाह
हामीले दाँत माझ्दा फ्लोराइड युक्त मञ्जन र एउटा नरम वा मध्यम खालको ब्रसको प्रयोग गर्नुपर्छ। ब्रसमा केराउको दाना जति मञ्जन राख्नुपर्छ। तीन-तीन ओटा दाँतको भागमा ४५ डीग्रीको कोण बनाएर अगाडी पछाडी गरेर दाँत माझ्नुपर्छ। यसर ब्रस गर्दा तलतीर फ्याक्नुपर्छ। यसले गर्दा हाम्रो दाँतलाई मात्र नभएर गिजाभित्र रहेको फोहोरहरुपनि सफा हुन्छ। यसरीनै हामीले अगाडी/पछाडी ११ पटक गर्दै तल फाल्नुपर्छ।तीन-तीनओटा दाँतको एउटा पाटोबाट सुरु गरेर अर्को पाटोको कुनासम्म माझ्नुपर्छ। त्यसरीनै तल्लो दाँतमापनि ४५ डीग्रीको कोण बनाएर अगाडी पछाडी गरेर ११ पटक माझ्नुपर्छ। तलको दात माझ्दाभने माथी फ्याक्नुपर्छ। एउटा कुनाबाट सुरु गरेर पछाडीको भागसम्म दाँत माझ्नुपर्छ।
हामीले दाँत माझ्दा अगाडीको भागलाई मात्र नहेरेर खाना चपाउने भागहरुमापनि अगाडी पछाडी गर्दै माझ्दै जानुपर्छ। त्यसरी नै तलको दाँतमापनि अगाडी पछाडी गर्दै सफा गर्नुपर्छ। हामीले माथीको र तलको दातको भित्री भागलाई सफा गर्न विर्सिएका हुन्छौ। तलको र माथीको भित्री भागलाई नभुलीकन सफा गर्नुपर्छ। जिब्रोलाईपनि हल्का पाराले सफा गर्न सकिन्छ। ब्रस गरिसकेपछि धेरै पानी लिएर कुल्ला गर्नु हुदैन। थोरै पानीले मात्र कुल्ला गर्नुपर्छ। यस्तो गर्दा मञ्जनमा रहेको फ्लोराइडले काम गर्न धेरै समय पाउछ। धेरै पानीले कुल्ला गर्यो भने मञ्जनमा रहेको फ्लोराईड बगेर जानसक्छ। जसले गर्दा दाँतको लागी काम गर्न सक्दैन। हामीले बिहान खाजा खाइसकेपछि र बेलुका खाना खाएर सुत्नु अगाडी दाँत माझ्न अनिवार्य छ। हामी जब अफिस स्कुल या कार्यक्षेत्रमा हुन्छौ। त्यो बेलामा हामीसँग मञ्जन ब्रस नहुन सक्छ। त्यस्तो बेलामा खाना, खाजा खाएपछि कुल्ला गर्ने बानी बसाल्नुपर्छ।
बजारमा पाउने ४ थरीका ब्रस हुन्छन्। नरम, मध्यम, कडा र अर्थोडोन्टिक ब्रस हुन्छ। नरम खालको ब्रस बृद्धाहरुले प्रयोग गर्न सक्छन्। मध्यम खालको ब्रस दाँत सामान्य हुनेले प्रयोग गर्न सक्छ। कडा र साह्रो खालको ब्रस बाङ्गोटिङ्गो दाँत सफा गर्न काम लाग्छ। यसले दाँतको चेपमा अड्किएको खाना निकाल्नको लागि सहयोग गर्छ। जसले दाँतमा तार बाँधेका हुन्छन, उनीहरुको लागि अर्थोडोन्टिक ब्रस काम लाग्छ।
हामीले प्रयोग गर्ने मञ्जन फ्लोराइड युक्त हुनुपर्छ भने त्यसको मिति नसकिएको हुनुपर्छ। सिरिङ, सिरिङ गर्ने दाँतहरुको लागि सेन्सोडाइन युक्त मञ्जन प्रयोग गर्ने चलन छ। दन्त चिकित्सकको सल्लाहबिना यस्तो मञ्जन प्रयोग गर्नु हुदैन। सानो बालबालीकाको लागिपनि उनीहरुकै उमेर अनुसारको फ्लोराइड युक्त मञ्जन पाइन्छ। उनीहरुलाई मिल्ने फलफुलको स्वादमा आउछ। त्यसलाई प्रयोग गर्नुपर्छ। हरेक तीन-तीन महिनामा ब्रस फेर्नुपर्छ। तर ब्रस पुर्ण रुपमा नबिग्रीकन फेर्ने गरिदैन। पुरानो बिग्रिएको ब्रसले पुर्ण रुपमा सफा गर्न सक्दैन भने अड्किएको खानाहरु निकाल्न समेत मिल्दैन।
दन्त चिकित्सक
डा. सृष्टि शाह
समाज डेण्टल हस्पिटल (बसुन्धरा शाखा)
What is Tannins and How Do They Affect Your Health
Tannins are a broad class of compounds that are present in tea as antioxidants that can help fight cavities, and diarrhea, and can even prevent severe health issues like heart diseases and cancer.
Basically, tannins are plant compounds classified as polyphenols (phenolics or phenolic compounds) that have a bitter, astringent taste.
According to the Oxford Dictionary, “Tannin is a yellowish or brownish bitter-tasting organic substance present in some galls, barks, and other plant tissues, consisting of derivatives of gallic acid.”
Sources of Tannins
Tea is the richest source of tannins. Just realize the bitter taste and dry feeling you get after sipping tea? That’s because of the high concentrations of tannins in the tea leaves. It is to be noted that tea is not the only source of tannins as coffee, red wine, grapes, apple juice, and chickpeas also have some levels of tannins.
What are the Components of Tannins
Tannin, similar to caffeine, represents the main active components of tea and coffee. Coffee contains 1.2% caffeine and 4.6% tannic acid (Tannin) while tea has 2.7% caffeine and 11.2% tannic acid.
What are the Uses of Tannins
There are some uses of tannins in pharmacy. Tannins’ can be used as anticancer, virucides, antioxidants, antimicrobial and anti-inflammatory. Tannins can also be helpful for antidiabetics, wound healing, cardiovascular protection, and antidiarrheals.
Benefits of Tannins
Tannin is a rich plant extract that has a huge range of health benefits. Also, Tannins have natural anti-microbial properties that help reduce acne breakouts and blemishes.
Tannins contain anti-inflammatory properties that can help minimize redness and inflammatory properties that can help minimize redness and inflammation. For those who wish to reduce cell damage, tannins act as an antioxidant against free radicals.
What are the Effects of Tannins
If taken in large amounts, tannic acid can cause side effects such as stomach irritation, nausea, vomiting, and liver damage. High tannin consumption can also increase the chance of developing nose or throat cancer.
People who are extremely sensitive to their serotonin levels might get a migraine. Tannins can bind to proteins and care in food, which can minimize digestive tissue in sensitive individuals, nausea, or stomach ache.
Pros and cons of the tannins are moreover based upon its usage criteria. Minimal use of tannins displays a promising result as a medicine whereas large amounts can cause severe side effects.
If you want to learn more about tannins, do not hesitate to consult with our dental team at Samaj Dental. We want to help you get the most out of your dental treatment.
5 Tips to Preparing Root Canal Treatment (RCT)
Many people get scared of having a root canal treatment as they think it is a painful task. However, contrary to their assumptions, root canal can be an easy and totally painless procedure if done right.
However, a lot depends on a couple of things:
- How do you prepare for the treatment, and
- The quality of the dentist and clinic
In this blog, we’ll focus on how you can prepare before heading to your dentist and ensure your RCT procedure is successful as well as comfortable.
1. Choose the right clinic
As undergoing an RCT procedure can cause anxiety and tension, you need to ensure you visit the clinic or hospital that can provide you with the right treatment. Don’t hesitate to ask questions you have and get convinced by them.
2. Avoid alcohol and tobacco
Ensure you don’t take substances such as alcohol and tobacco for a full 24 hours before the procedure. In the RCT procedure, the dentist will inject the gums with a local anesthetic, which will have an adverse reaction to tobacco and alcohol.
3. Sleep well a day before the procedure
You might think your treatment is for your teeth and not for your body, so you don’t need a good rest. But that’s not true. Get a good sleep before your treatment day to ensure your body is in top form for the procedure.
4. Eating before your treatment
Your mouth will feel numb for hours afterward, making it difficult to eat. So eating a couple of hours prior to the procedure will make a recovery much more comfortable.
5. Take painkillers before the treatment
Even though the treatment may not be as painful as it used to be in the past, it is advisable to take painkillers a few hours before the treatment starts. However, make sure to consult with your dentist for the best recommendation.
If you are preparing for a root canal treatment, do not hesitate to consult with our dental team at Samaj Dental. We want to help you get the most out of your dental treatment.
मुख काे क्यान्सरकाे प्रारम्भिक लक्षण | कारण र उपचार – समाज डेण्टल
मुखको क्यान्सर भनेको के हो?
मुख भित्र हुने क्यान्सरलाई अंग्रेजीमा “माउथ क्यान्सर” भनिन्छ। मुखको क्यान्सर एक प्रकारको क्यान्सर हो जसले मुखलाई प्रभावित गर्दछ जसले ओठ, घाँटी वा जिब्रोलाई पनि असर गर्न सक्छ। यदि उपचार समय मा गरिएको छैन भने यो व्यक्ति को लागी घातक साबित हुन सक्छ। नेपालमा मुखको क्यान्सरका बिरामीहरुको संख्या बढ्दो छ। नेपालमा क्यान्सर को बारे मा मानिसहरुलाई सचेत बनाउन को लागी धेरै प्रयासहरु गरिएका छन। तर धेरै मानिसहरु क्यान्सर को समस्यालाई बेवास्ता गर्दछन , जुन पछि एक ठूलो समस्या बन्छ सक्दछ । क्यान्सर को उपचार को लागी शल्यक्रिया र थेरापी गर्ने गरिन्छ। हामी आज मुखको क्यान्सर को बारे विस्तृत रूपमा लेख्न गइरहेका छौँ ।

मुखको क्यान्सर को लक्षण के हो?
प्रारम्भिक मुखको क्यान्सर को लक्षण र संकेत अन्य समस्याहरु जस्तै छन्।
-मुखमा सेतो वा रातो दाग।
-निल्नमा कठिनाई रअचानक वजन घटाने।
-लामो समय सम्म मुखमा छाला काे रोग देखिने।
-घाँटी सुनिने ।
-असामान्य तरिकाले मुखबाट रगत बग्ने।
-मसालेदार खाना निल्दा घाँटी पोल्ने।

मुखको क्यान्सरको कारण के हो?
मुखको क्यान्सर हुनुका धेरै कारण हुन सक्छन्। हामीलाई यी कारणका बारेमा जान्न एकदम जरुरी छ।
मुखको क्यान्सर व्यक्तिको प्रतिरक्षा प्रणाली कमजोर भएको कारण हुन सक्छ। जसको प्रतिरक्षा शक्ति धेरै कमजोर हुन्छ , उनीहरु केहि समस्या बाट पहिलै पीडित हुन्छन।
सुर्तीजन्य पदार्थको प्रयोग मुखको क्यान्सरको मुख्य कारण हो। यस बाहेक, केहि मानिसहरु जो अत्यधिक सुर्ती वा चुरोट पिउछन्, उनीहरु मुखको क्यान्सर को जोखिम मा रहन्छन्।
रक्सीको अत्यधिक सेवनले मुखको क्यान्सर हुन्छ। यदि रक्सी एक पटक खाइयो भने, यसमा कुनै विशेष प्रभाव हुँदैन , तर यदि एक दैनिकी र अत्यधिक रूपमा रक्सी पिउन थाले पछि यो कलेजो संग सँगै मुख को क्यान्सर को लागी पनि खतरा हुन सक्छ।
बट्टामा राखेको अचार, खाना वा एकपल्ट खाइसकेको तेल खानु हुँदैन, यो क्यान्सर को जोखिम को लागी उत्प्रेरक हुन सक्छ। यसैले हामीले हरीयो तरकारी, फलफूल वा नट आदि जस्तै स्वस्थ खाना हाम्रो खानामा समावेश गर्न सक्नुहुन्छ।
मुखको क्यान्सर ह्युमन प्यापिलोमा भाइरस (HPV) भएका मानिसहरुलाई पनि हुन सक्छ। यही कारणले गर्दा ६-६ महिना मा
एक पटक आफ्नो स्वास्थ परीक्षण गराउनु पर्दछ।
मुखको क्यान्सरकाे परीक्षण कसरी गरिन्छ?
मुखको क्यान्सरको परीक्षणहरुका लागि विभिन्न प्रयोगहरु गरीन्छ। यी परीक्षणहरुमा तल उल्लेखित प्रकारहरू सामेल छन्।
पहिले व्यक्ति को एक शारीरिक परीक्षा गरिन्छ र पुरानो रोग को एक इतिहास तयार पारिन्छ। यस बाहेक, केहि अन्य परीक्षणहरु गरिन्छ जस्ले मुखको क्यान्सर पत्ता लगाउन सजिलो हुन्छ।
जस्तै :-
-बायोप्सी
-FNAC FNAC।
-एक्स-रे।
-OPG OPG।
-सीटी स्क्यान।
-एम.आर.आई।
-एन्डोस्कोपी।
मुखको क्यान्सरको उपचार
लक्षणको आधारमा मुखको क्यान्सरको निम्न उल्लेखित तरिका बाट उपचार गरीन्छ।
- रेडियोथेरापी – एक विकिरण जस्ले क्यान्सर का कोषहरुलाई नष्ट गर्न को लागी प्रयोग गरीन्छ। यो सामान्यतया सर्जरी पछि गरिन्छ । क्यान्सरको उपचार यसको आकार मा निर्भर गर्दछ जस्ले गर्दा यसलाई धेरै हप्ता या दिन लाग्न सक्छ।
- केमोथेरापी – यो थेरापी क्यान्सर को कोशिकाहरुको डीएनएलाई क्षति गर्न को लागी गरीएको हुन्छ।
- आन्तरिक रेडियोथेरापी – आन्तरिक रेडियोथेरापी, जसलाई ब्रेकीथेरापी पनि भनिन्छ, यसले सामान्यतया क्यान्सर को प्रारम्भिक चरणहरुमा क्यान्सर क्यान्सरलाई नष्ट गर्ने गर्दछ।
- फोटोडायनामिक थेरापी – यो थेरापी एक धेरै प्रारम्भिक चरण मा गरिन्छ । यो एक अस्थायी उपचार प्रक्रिया हो | जब उपचार नहुने वा यदि बारम्बार मुखकाे अल्सर क्यान्सर मा परिणत भयो भने फोटो डाइनामिक थेरापी गरिन्छ।
मुखको क्यान्सर को जटिलताहरु :-
-डिप्रेसनको समस्या।
-निल्नमा कठिनाई।
-बान्ता हुने।
-उल्टी हुने।
-निमोनिया।
-कुपोषणकाे समस्या।
-फोक्सोको संक्रमण।
तपाइँले मुखको क्यान्सरको उपचारका लागी एक Oncologist लाई सम्पर्क गर्न सक्नुहुन्छ। मुखको क्यान्सरको सही समयमा उपचार गर्नाले पछि निम्ताउने नकारात्मक परिणाम बाट जोगिन सजिलो हुन्छ ।
हाम्रो उद्देश्य तपाइँहरुलाई हाम्रो लेखको माध्यम बाट जानकारी दिनको लागी मात्र हो। हामी तपाइँलाई कुनै औषधि वा उपचार सल्लाह दिदैनौं। एक राम्रो डाक्टरले मात्र तपाइँलाई राम्रो सल्लाह दिन सक्नुहुन्छ।