24 January, 2023
दाँतमा तार अर्थात ब्रेसेस कस्तो अवस्थामा बाँध्ने भन्ने एकीन हुदैन। कसैको बाङ्गो टिङ्गो छ भने कसैको दाँत बाहिर निस्केको छ भने दाँतमा तार बाध्नुपर्छ। दाँतको संरचना मिलेन भने चपाउन गाह्रो हुने अनि दाँत किट्ने समस्या आउने हुन्छ। यही उमेरमा दाँतमा तार बाध्ने भन्ने हुदैन। कसैको बच्चैमा दाँत बाङ्गो आएको छ भनेपनि दाँत बाध्नुपर्छ।
दाँत सिधै भइरहेको हुन्छ तर थाहा हुदैन। हड्डी भित्र बसेर समेत समस्या परेको हुन्छ। जहाँबाट दाँत आउने त्यहाबाट नआएर र ठाउ नपुगेर बाङ्गो टिङ्गो भयो भने समेत ब्रेसेस बाँध्ने हो। बाङगो-टिङ्गो भएर मात्र दाँतमा तार बाध्ने भन्ने हुदैन।
यति नै वर्ष दाँतमा तार बाध्न पर्छ भन्ने एकीन हुदैन। कम्तिमा दुई देखि तीन वर्षसम्म दाँतमा तार बाध्नुपर्छ। कसैको दाँत निकाल्नुपर्छ भने कसैको दाँत निकाल्न पर्ने हुन्छ। दाँत निकालेर उपचार गर्नुपर्यो भने समय लाग्न सक्छ।
राम्रोसँग ब्रस गर्दा समेत नजाने भएमा समस्या आउछ। त्यस्तो अवस्थामा किरा लाग्न सक्छ। उमेर हुदा त केही हुदैन तर उमेर बढ्दै गएपछि भने समस्या आउनसक्छ।
अर्थोडोन्टीस्ट
डा.आर्ली श्रेष्ठ
समाज डेन्टल हस्पिटल