जिब्रो को रोगहरु को विभिन्न प्रकार को कारण शरीर मा हुने रोगहरु को धेरै प्रकार को कारण उत्पन्न हुन्छ। जिब्रो को धेरै रोगहरु खराब पाचन को कारण वा शरीर को अन्य गडबडी को कारण हो। जिब्रो को धेरै रोगहरु पनि जिब्रो जलेको कारण हो।
जिब्रो को रोगहरुको कारण (Tongue Diease Reasons):-
स्थानिक संक्रमण को कारण, ब्याक्टेरिया, भाइरस वा फंगस को कारण र अनुचित दाँत प्रत्यारोपण को कारण, चोट को कारण, जिब्रो जलेको कारण, तम्बाकू, रक्सी को सेवन को कारण, रसायन संग मौखिक सफाई को कारण रोग को कारण, को कारण बेचैनी र अवसाद, बुढेसकाल, पूर्ण पोषण को कमी को कारण, फ्लोरिक एसिड र भिटामिन बी को कमी को कारण, एनीमिया को कारण, एच, IV संक्रमण को कारण, छाला रोग वा जीभ को क्यान्सर रोग जीब्रो को रोगहरु को कारण बन्छ।
जिब्रो को रोगहरुको लक्षणहरू (Tongue Diease Symptoms):-
जिब्रो को धेरै प्रकार को रोगहरु मा, ज्यादातर जिब्रो को टुप्पो र किनारा रातो र सूजन रहन्छ, जिब्रो मा सेतो धब्बा छन्, जिब्रो मा गम्भीर जलन छ, जिब्रो मा बाक्लो कोटिंग रहन्छ। कहिले काहिं शरीर मा रगत को कमी को कारणले जिब्रो को रंग हल्का हुन्छ र जिब्रो मा दरारहरु देखा पर्छन्।
जिब्रो को रोगहरु को उपचार को लागी औषधि को उपयोग संगै, अन्य उपचारहरु (Tongue Diease Solutions):-
-यदि जिब्रो रोगी छ, रोगी एक पौष्टिक सन्तुलित आहार लिनुपर्छ।
-जिब्रो रोग बाट पीडित बिरामी को लागी हरीयो पत्तेदार तरकारी, अण्डा, मासु माछा, दूध, पनीर आदि उपभोग गर्नु लाभदायक छ।
-बिरामीले मुख सफा राख्नु पर्छ र दाँत पनि सफा राख्नु पर्छ र खाना खाए पछि मुख सफा गर्नु पर्छ र जिब्रो पनि सफा गर्नु पर्छ।
-धेरै तातो पदार्थ को उपभोग नगर्नुहोस् किनकि यो जिब्रो जलाउँछ।
-धेरै मिर्च-मसालेदार चीजहरु उपभोग नगर्नुहोस्।
Category: Blog
Samaj Dental hosts various events on different parts inside the valley . Get in touch with our events and follow our blogs for more dental related news and articles . We have the best and the most experienced dentists from all over Nepal working together as a team. We take care of our patients teeth.
दाँत-मुख सफा राख्ने केही उपयोगी जानकारी
१) दाँत दिनमा २ पटक ब्रस गर्ने
ब्रस गर्ने क्रममा कहिल्यै पनि हतार नगर्ने । करिब २ मिनेट राम्रो संग ब्रस गर्ने। एसिडयुक्त खानाहरु जस्तै अंगुर, सोडा आदि खानेबित्तिकै ब्रस गर्नहुन्न । त्यस्तो कुरा खाएमा कम्तीमा १५–२० मिनेटपछि गर्ने ब्रस गर्नुपर्छ । । जिब्रो पनि मज्जाले सफा गर्नुपर्छ किनकि जिब्रोमा ब्याक्टेरियाहरू रहेका हुन्छन् ।
२) उचित सामानको प्रयोग गर्ने
फ्लोराइडयुक्त मन्जनको प्रयोग गर्नु निकै आवश्यक रहेको छ । दाँत माझ्ने ब्रस पनि नरम ब्रिस्टल भएको प्रयोग गर्नुपर्छ । विद्युतीय ब्रस अझ प्रभावकारी हुन्छन् ।
३) सही तरिकाले ब्रस गर्ने
ब्रसलाई केही तेर्सो कोण बनाएर बिस्टललाई दाँत र गिजा दुवैलाई भेट्ने गरी प्रयोग गर्नुपर्छ । दाँतमा ब्रस हल्कासँग मस्काउनु होस् । ब्रस कडासँग गर्दा गिजामा समस्या पनि आउन सक्छ ।
औसतमा २ मिनेट ब्रस गर्नुपर्छ । यसका साथै, दाँतको वरपर, बाहिरी र भित्री भाग रामोसँगै सफा गर्नु पर्छ । जिब्रोमा पनि राम्रो सफाई गर्नुपर्छ ।
४) आफ्नो सामानलाई सफा गरी राख्ने
दाँत माझिसकेपछि, ब्रसलाई पनि राम्रो सँग सफा राख्नुपर्छ । ब्रसको पानीलाई पनि हल्कासँग झट्काउनु पर्छ । आफ्नो परिवारका अन्य सदस्यका ब्रसहरू एक अर्कोको नजिक नराख्दा उचित हुन्छ । साथै, सानो खुम्चिएको भाडामा पनि राख्नु हुँदैन । ब्रसलाई ठाडो पारेर पानी सुक्ने गरी राख्नुपर्छ ।
५) टुथब्रस परिर्वतन गर्नु पर्ने समय
नयाँ ब्रसमा थोरै पैसा खर्च गर्नु अमुल्य स्वास्थको लागि लाभाकर हुन्छ । ब्रस प्रत्येक ३ महिनामा परिवर्तन गर्नुपर्छ । यसका साथै, ब्रसको बिस्टल बिग्रिएमा परिवर्तन गर्नुपर्छ ।
फ्लसिङ्ग :
फ्लसिङ्ग भनेको धागोले दाँतका बीचमा अड्किएका खानालाई निकाल्नु हो । ब्रसको साहयताले मात्र पनि दाँतको कुनाकाप्चामा पुग्न सक्दैन यसकारण कतिपय समयमा फ्लसिङ्ग जरूरी छ । यस्तो छ । फ्लस कसरी गर्ने ?
१) हल्कासँग गर्ने
हल्का र नरम तरिकाले धागो दाँतको बीचमा लगाउनु पर्छ । त्यसपछि यसलाई रगड्ने । गिजामा भने छुनुहुँदैन । फलस गर्ने धागोलाई सी आकारमा लानु पर्छ ।
२) एक पटकमा एउटा दाँतको गर्ने
दाँतमा फ्लस एक पटकमा एउटामा मात्र गर्ने । जब फ्लस गर्ने क्रममा गिजामा पुग्छ तब घुमाएर अर्को दाँतपट्टि लानुपर्छ । धागो तल माथि गरेर फ्लस गर्ने सकिन्छ ।
३) अन्यको प्रयोग
यदि फ्लसका लागि गाह्रो हुन्छ र धागोलाई ह्यान्डल गर्न सहज हुँदैन भने अन्य उपाय गर्न सकिन्छ । टुथ पिक, प्रि–थ्रेड फोल्सर, वाटर फ्लसर जस्ता एन्टर डेन्टल क्लिनरको प्रयोग गर्न सकिन्छ ।
ब्रस तथा फ्ल्सबाहेक फ्लोराइडयुक्त माउथवासको पनि प्रयोग गर्न सकिन्छ । टुथ पिकको प्रयोग निकै कम मात्रमा गर्ने । धुम्रपानको सेवन नगर्ने । यसको कारण गिजा तथा दाँतको समसया आउँछ ।
दाँत किराले खानबाट कसरी जोगिने ? – डा. प्रजिता कार्की
दाँत किराले खाने मुख्य कारण भनेको मुख फोहोर भएर, खानहरु अड्किएर अनि नियमित ब्रस भएन भने हो। त्यो बाहेक हामीले कस्तो खाना खाइरहेका छौ भन्नेपनि हुन्छ। जस्तो गुलीयो खाना, कोल्ड ड्रिङ्स खाएर या त दाँतहरु मिलेको छैन भनेपनि दाँतमा समस्या हुन्छ। अर्को नाकबाट श्वास नफेरिकन मुखबाट श्वास फेर्ने गर्दापनि दाँत किराले खान्छ।
बच्चाहरुको दाँत किराले खानुको मुख्य कारण सुरुदेखि ध्यान नदिएर हो। बच्चाको दाँत ६ महिनामै आउछ। बच्चालाई दुध चुसाएको र बोतलबाट खुवाएको बेलामा दाँतहरु सफा गर्ने काम गरेको हुदैन। त्यसैले बच्चाहरुले दुध खाइसकेपछी हातमा कपडा बेरेर सफा गर्नुपर्छ। त्यसैले अभिभावकले समेत बच्चाको ख्याल गर्नुपर्छ। ब्रस गर्ने बेला भएपछि ध्यान दिनुपर्छ।
युवावस्थामा दाँत सफा नगर्ने र ध्यान नदिने गर्दा किराले खान्छ। त्यसैले सरसफाइमा ध्यान दिनुपर्छ भने आफ्नो चिकित्सकहाँ गएर उपचार गराउनुपर्छ। वृद्धावस्थामा खाना अड्किएर किरा लाग्ने लगायका समस्या हुन्छ।
दाँत किराले खाएको उपचार गर्नका लागि कुन तहको समस्या छ त्यसको आधारमा हुन्छ। इनामेल र डेन्टीनको तहसम्म मात्र खाएको छ नसासम्म पुगेको छैन भने फिलिङ गरेर उपचार हुन्छ। नसासम्म समस्या छ भने आरसिटी गर्नुपर्छ।
दाँतलाई लापरबाही गर्यौ, समयमा उपचार भएन भने त्यसको उपचार गर्ने समय धेरै लाग्छ भने खर्चपनि धेरै हुन्छ।
दाँतमा किरा लाग्न नदिन दिनमा दुईपटक अनिवार्य ब्रस गर्नुपर्छ। त्यस्तै डेन्टल फ्लस गर्न सकिन्छ, समय/समयमा चिकित्सकहाँ गएर परिक्षण गर्नुपर्छ। जसले गर्दा दाँतमा भएको समस्या थाहा हुन्छ।
दन्त चिकित्सक
डा. प्रजिता कार्की
समाज डेन्टल हस्पिटल (बानेश्वर)
‘डेन्टल इम्प्लान्ट’ कस्तो अवस्थामा गर्नुपर्छ? – डा. विजय पाण्डेय, प्रस्तोडन्टीस्ट
डेन्टल इम्प्लान्ट भनेको सामान्य भाषामा भन्दा मुखमा एउटा वा एउटा भन्दा बढी वा कुनैपनि दाँत छैन भने कृत्रिम दाँतले प्रतिस्थापन गर्ने धेरै पद्धती मध्ये एउटा पद्धती हो। यसमा नक्कली जरा राखेर हड्डीभित्र राखिन्छ। फरक/फरक चरणमा डेन्टल इम्प्लान्टको काम सम्पन्न हुन्छ।
डेन्टल इम्प्लान्ट कति समय टिक्छ भनेर यसै भन्न सकिदैन। चिकित्सकले कसरी राखेको छ अनि बिरामीले कसरी हेरचाह गरेको छ भन्नेमा भर पर्छ। राम्रो तरिकाले राखेर त्यही अनुसार हेरचाह गरेमा लामो समयसम्म टिक्न सक्छ।
कुनै दुर्घटना भएर दाँत भाचियो भने, कुनैपनि कारणले गर्दा दाँत निकालेको छ भने अनि पछाडीको भागमा धेरै दाँत छैन भनेपनि डेन्टल इम्प्लान्ट गर्न मिल्छ।
डेन्टल इम्पाल्नट गरेपछी बिरामीको सन्तुष्टिदेखी चपाउने क्षमता समेत जोडीन आउछ। समाज डेन्टल अस्पतालका सबै शाखाहरुमा विशेषज्ञ सुविधा सहित डेन्टल इम्प्लान्ट गरिन्छ।
डेन्टल इम्प्लान्ट विभिन्न चरणमा गरिन्छ। त्यसैले यसका लागि तीन महिनाको समय लाग्छ।
डा. विजय पाण्डेय
प्रस्तोडन्टीस्ट
समाज डेन्टल हस्पिटल (बानेश्वर शाखा)
दाँत कसरी राम्रो बनाउने, के गर्ने, के नगर्ने? – डा. दिनेश कार्की
सबैभन्दा पहिला कस्तो दाँतलाई राम्रो भन्ने जिज्ञासा आउछ। धेरैले सेतो चामलको पिठो जस्तो दाँतलाई राम्रो हुन्छ। एकदमै सेतो भन्दापनि हल्का कम सेतो, अलि खैरो रंगको दाँतलाई राम्रो भनिन्छ।
यसो भन्दै गर्दा दाँत कसरी नराम्रो हुन्छ भन्ने समेत प्रश्न आउछ। चुरोटको कसले, खैनीले, चिया र कफीको टाटाले नराम्रो हुन्छ। कहिलेकाही घोटीएर, लेउहरु लागेर अनि कहिलेकाँही चोटइटाहरु निस्किएर दाँत नराम्रो देखिन्छ।
विभिन्न कारणले दाँतमा लाग्ने लेउहरुलाई सफा गरेर दाँतलाई राम्रो बनाउन स्केलीङ गर्नुपर्छ। अथवा दिनमा दुईपटक ब्रस गर्नुपर्छ। त्यसपछी वर्षमा दुई अथवा कम्तिमा एक पटक दाँत सफा गर्नुपर्छ। दाँत कलरको फिलिङले टाटा पाङ्ग्रा खाल्डा खुल्डीहरुमा फिल गरेर राम्रो बनाउन सकिन्छ। धेरै दाँत चोइटीएको छ, भाचिएको छ भने भिनियर गर्न सकिन्छ। त्यो हुन नसके यस्थेटीक क्राउनको सहयोगले राम्रो गर्न सकिन्छ। अथवा ब्लिजिङ गरेर राम्रो बनाउन सकिन्छ।
दाँत राम्रो बनाउने हो भने सबैभन्दा पहिला लेउ लाग्न दिन भएन। त्यसलाई स्केलिङ वा पोलिसिङ गर्नुपर्छ। फुटेका, टुटेका दाँतलाई राम्रो बनाउन फिलिङ गर्नुपर्छ। हिजोआज अत्याधिक राम्रा फिलिङहरु पाइन्छ। त्यसले दाँतलाई भरेको भएपनि नभरेको जस्तो देखिन्छ। यस्ता धेरै खाले सुविधा छन, जसले दाँतलाई राम्रो बनाउछ।
त्यो बाहेक दिनमा दुई पटक ब्रस गर्ने, दाँतमा कालो लाग्ने, दाँग बस्ने कुरामा ध्यान दिनुपर्छ। चिया, कफी खाएपछी कुल्ला गर्नुपर्छ भने कहिलेकाँही औलाको टुप्पाले मसाज गर्दा दाँत र गिजा दुवैलाई राम्रो गर्छ।
दन्त चिकित्सक
डा. दिनेश कार्की
समाज डेन्टल हस्पिटल (बानेश्वर शाखा)
कस्तो अवस्थामा कृत्रिम दाँत राखिन्छ ? – डा. सुदिप सुवेदी
दाँतहरु किराले खाने, विस्तारै हल्लिएर जाने अवस्थामा कृत्रिम दाँत राखिन्छ। दुर्घट्नामा परेर दाँत भाचिने र विग्रिने हुदा समेत कृत्रिम दाँत रानुपर्छ।
कृत्रिम दाँत राख्ने विभिन्न विधिहहरु हुन्छन्। एउटा झिक्ने राख्ने हुन्छ।अर्को फिक्स हुन्छ।
अगाडी र पछाडीको दाँत ताछेर मुखमा टास्न सकिन्छ। अहिले कृत्रिम दन्त प्रत्यारोपण समेत गरिन्छ। एउट मात्रै नभएर थुप्रै दाँत यसरी राख्न सकिन्छ। चोटपटक लाएर हड्डी बिग्रिएमा समेत त्यसको उपचार गर्न सकिन्छ।
फिक्स राखेको दाँतको सामान्य रुपमा ८/९ वर्ष टिक्ने हुन्छ।
नियमित रुपमा सरसफाई गर्ने हो भने कृत्रिम दाँतपनि लामो समय टिक्छ।
कृत्रिम दन्त विशेषज्ञ
डा. सुदिप सुवेदी
समाज डेन्टल हस्पिटल (बानेश्वर शाखा)
दाँतको आरसीटी किन गरिन्छ? – डा. चादनी प्रधान श्रेष्ठ
आरसीटी भनेको रुट क्यानल ट्रिटमेन्ट हो। कतिपय दाँत जरैसम्म किराले खाएको छ भने जरैदेखि त्यसको उपचार गर्ने तरिकालाई रुट क्यानल ट्रिटमेन्ट भनिन्छ। यो एकै पटकमा (सिंगल भिजिट) पनि हुन्छ। ४/५ पटक गएर समेत यस्तो गर्न सकिन्छ। त्यसमा पिनहरु छिराएर किराले खाएको नसालाई निकालेर त्यसलाई सफा गरेर कृत्रिम खालको नसा राखिन्छ।
सामान्यत, ४/५ पटकमै आरसीटी गरिन्छ तर कसैलाई जरुरी छ भने एकै पटकमा आरसीटी गरिन्छ। एक पटकमा भन्दा ४/५ पटकमा आरसीटी गर्दा बिरामीलाई सहज हुन्छ।
आरसीटी गरेको दाँतमा क्राउन राख्नुपर्छ। जसरी हेलमेट लगाइन्छ त्यसरी नै क्राउन लगाइन्छ। यसले आरसीटी गरेको दाँतलाई बलियो बनाउछ। आरसीटी गर्ने एउटा महत्वपुर्ण उपचार विधि हो। दाँतको इनामेल मात्रै बिग्रिएको छ भने सिमेन्ट भर्दापनि हुन्छ। तर नसासम्म नै असर गरेको छ भने अरसीटी गर्न जरुरी छ।
नियमीत रुपमा दाँतको परिक्षण गर्ने र हेरचाह गर्ने गरेमा एक पटक आरसीटी गरेको दाँत जीवनभर टिक्न सक्छ।
दन्त चिकित्सक
डा. चादनी प्रधान श्रेष्ठ
समाज डेण्टल हस्पिटल
बच्चाहरुलाई किन दाह्रा आउछ, कसरी उपचार गर्ने? – डा. प्रमिला अधिकारी
बच्चाहरुको अगाडीको दाँत ६ देखि ७ र पछाडीको दाँत ९ देखि १२ वर्षसम्म निस्किसक्नुपर्छ। केही कारणले दाँत समयमा निस्किएन भने दाँत अर्को ठाँउबाट निस्किन्छ। त्यो समयमा दाह्रा आउने हुन्छ। कहिलेकाही दाँत चाडो निकालेमापनि दाह्रा आउने हुनसक्छ।
दाह्रा आएको भन्ने अभिभावकलाई पछी मात्रै थाहा हुन्छ। त्यस्तो बेलामा पुरानो रहेको दाँत निकाल्नुपर्छ। समयमै थाहा भयो भने दाह्राले पुरानै ठाउ लिनसक्छ। अलि ढिलो थाहा भयो भने तार बाधेर मिलाउनुपर्छ।
दाह्रा आइसकेपछि उनीहरुको अनुहारपनि नराम्रो देखिन्छ भने हास्दा समेत समस्या हुन्छ। दाँतमा फोहोरहरु जम्मा हुने, गिजा सुन्निने र दाँतमा किरा लाग्ने हुन्छ। त्यसैले बच्चाले सबै दाँत फेरेपछि दाह्रा आएको दाँतलाई मिलाउनुपर्छ।
दाह्रालाई निकालेर सकेसम्म फाल्नु हुदैन। सकेसम्म तार बाधेर मिलाउने हो। दाह्रा आउन नदिनको लागि दाँत आउने समय ख्याल गर्नुपर्छ। चाडो भन्दा चाडो दाँत निकाल्न भएन र दाँत हल्लाउनलाई बच्चाहरुलाई प्रोत्साहन गर्नपर्छ। अगाडीको दाँत ६/७ वर्षसम्म निस्काएन भने दाह्रा आउने संभावना हुन्छ।
अर्को कुरा बच्चाको दाँतमा किरा लाग्यो भन्दैमा निकालेर फाल्नु हुदैन। दाँत भर्ने अरु उपाय लगाएर उपचार गर्नुपर्छ। जसले गर्दा दाह्रा आउने समस्या समाधान हुन्छ।
दन्त चिकित्सक
डा. प्रमिला अधिकारी
समाज डेन्टल हस्पिटल (पेप्सीकोला शाखा)
बच्चाको दाँतमा समस्या आउन नदिन के गर्ने? – डा. सृष्टि मिश्र
कुनै बच्चाको एउटा, दुई ओटा दाँतामा मात्रै किरा लागेको हुन्छ भने कसैको धेरै दाँतमा किरा लाग्छ। बच्चाको राम्रो हेरचाह गर्न नसक्दा यस्तो समस्या आउने हो। सुत्ने बेलामा लामो समयसम्म आमाको दुध खाने अथवा बोतलको दुध खाने तर दाँत सफा नहुने कारणले दाँतमा किरा लाग्ने हो। प्राय बच्चाले टासिने र गुलियो चिज खानाले समेत दाँतमा समस्या आउने हो।
दाँतमा किरा लाग्ने, सुन्निने र पाक्ने समस्या देखिन्छ। यस्तो अवस्थामा दाँत निकाल्न पर्ने समेत हुन्छ। बच्चाहरुलाई नियमित दाँत सफा गर्न लगाउने कुल्ला गर्न लगाउने गर्दा धेरै समस्याको समाधान हुन्छ। सानो बच्चाहरुले आफ्नो दाँतको आफैले ख्याल गर्न सक्दैनन्। त्यस्तो अवस्थामा अभिभावकले धेरै ध्यान दिनुपर्छ।
रातीको समयमा सकेसम्म थोरै दुध खुवाउने र खुवाउनै परेमा कुल्ला गराउने गर्नुपर्छ। यदि दाँतमा किरा लागिसकेको छ भने चिकित्सककहाँ लगेर उपचार गराउनुपर्छ। आवश्यक परेमा दाँत भर्ने समेत काम गर्नुपर्छ।
दाँतमा समस्या भयो भने बोलीमा समस्या पर्छ त्यस्तै समय अगावै दाँत निकाल्न पर्दा बच्चाको सौन्दर्यमा समेत समस्या पर्छ। दाँतको अवस्था हेरेर उपचार गरिन्छ। कुनै दाँत भरेर उपचार हुन्छ भने त्यही गरिन्छ त्यस्तै जरैदेखी भर्नुपर्ने रहेछ भनेपनि त्यही अनुसार उपचार गर्नुपर्छ।
जरैदेखि भर्दापनि नबस्ने रहेछ भने निकालेर स्थायी दाँत नआउदासम्मको लागि ठाँउ जोगाउनुपर्छ। त्यस्तो नगरेमा पछि आउने दाँतमा समेत समस्या आउछ। त्यसैले बच्चाको दाँत हो साट्टिहाल्छनी भनेर लापरबाही गर्नुहुदैन।
गुलियो खानेकुरा खानसाथ दाँतमा समस्या हुन्छ भन्ने होइन। लामो समयमसम्म खानेकुरा रह्यो भने मात्र समस्या हुने हो। त्यसैले खाना खानसाथ कुल्ला गराउने, ब्रस गराउने लगायतका काम गर्नुपर्छ।
६ महिनामा बच्चाको पहिलो दाँत आउछ। त्यो बेलामा कपास भिजाएर सफा गर्नुपर्छ। आफैले गर्न नसक्ने बेलासम्म अभिभावकले ब्रस गराउने र गर्न सक्ने भएपछि केराउको दाना जत्रै मन्जन दिएर ब्रस गर्न लगाउनुपर्छ। सबैतिर ब्रस पुग्नेगरी सफा गर्न लगाउनुपर्छ भने त्यसरी नै थुक्न लगाउनुपर्छ।
बच्चाको दाँत भर्दा ठुलाको भन्दा अलि फरक तरिकाले भरिन्छ। दाँतसँगै भरेकोपनि खिइदै जान्छ। त्यसैले कुनै असर गर्दैन। बरु दाँत नभरेमा समय भन्दा अगाडि दाँत पलाउने र अन्य समस्या आउने हुन्छ।
डा. सृष्टि मिश्र
दन्त चिकित्सक
समाज डेन्टल हस्पिटल (पेप्सीकोला शाखा)
दाँतमा किरा किन लाग्छ,कसरी जोगिने? – डा. सर्वेश मरहट्ठा
मुख सफा भएपनि दाँतमा किरा लाग्न सक्छ। गुलियो खाएर १ घण्टासम्म सफा नहुदा समेत असर गर्छ। अरु खाने कुरापनि ३/४ घण्टा बस्यो भने असर गर्छ। विस्तारै त्यो ठाउमा खाल्डो हुनसक्छ भने एसिडले गर्दा किरा लाग्न सक्छ। किरा लागेको ठाउमा बिग्रेको जति फालेर सफा गर्ने अनि सिमेन्ट भर्ने गर्न सकिन्छ।
अलिकति समस्या सुरु हुदैमा दाँत भरेमा धेरै समय र खर्च समेत लाग्दैन। तर त्यही ठाउमा आरसिटी गरेर क्याप लगाउन पर्यो भने झन्झटीलो र खर्चिलो हुन्छ। आफु सचेत हुने र बेला-बेलामा दाँत परिक्षण गरेमा किरा लाग्ने समस्याबाट बच्न सकिन्छ।
कालो भएर सिरिङ-सिरिङ भएर गुलियो लाग्न थाल्यो भने किरा लागेको हुन्छ। यो समस्या भएको दाँत फ्लस गर्दापनि थाहाँ हुन्छ। फ्लसको प्रयोग गर्दा सजिलै फोहोर आयो भने समस्या छैन भन्ने बुझ्नुपर्छ। तर अड्किने लगायतका समस्या भयो भने किरा लागेको छ कि भनेर परिक्षण गर्नुपर्छ।
दाँतमा किरा लागेको सुरुमै थाहा भएमा पुर्ण रुपमा निको हुन्छ। दाँतमा किरा लाग्न नदिन नियमित ब्रस गर्ने, ६/६ महिनामा स्वास्थ्य परिक्षण गर्नुपर्छ, सन्तुलित भोजन गर्नुपर्छ भने दाँतको फ्लस गर्नुपर्छ।