31 January, 2023
दन्त प्रत्यारोपणलाई डेन्टल इम्प्लान्ट अथवा कृत्रिम दाँत राख्ने भनिन्छ। हड्डीभित्र जरा रोपेर त्यसको माथी कभर राख्नु नै डेन्टल इम्प्लान्ट हो। यो अहिलेको सबैभन्दा पछिल्लो प्रविधि हो। यसको लागि हड्डीको अवस्था ठीक छ कि छैन भनेर एक्सरे गरिन्छ।
कुनैपनि दाँत नहुदा अर्को दाँत राख्न सकिन्छ। त्यसको लागि झिक्ने, राख्ने खालको दाँत हुन्छ, जुन फिक्स होइन। यसलाई सफा गर्नुपर्छ।
अर्को फिक्स खालको दाँत हुन्छ। यसको लागि छेउको दाँतको सपोर्ट लिएर दाँत राख्नुपर्छ। छेउको दाँत थोरै खुर्किएर तीनओटा कभर राखेर दाँत राख्न सकिन्छ। यसमा दाँत सफा राख्नु पर्छ। कुनै कारणले सफा गर्न नसके छेउको दाँत निकाल्नुपर्ने हुन्छ।
सबैभन्दा पछिल्लो प्रविधि भनेको दाँतको प्रत्यारोपण हो। हड्डीभित्र जरा रोपेर त्यसको माथी कभर गर्न सकिन्छ। यसको मुख्य फाइदा भनेको छेउको दाँत खुर्किन पर्दैन। यस्तो गर्दा छेउको दाँत हल्लिने समस्या समेत हुदैन। दाँत राख्दा छेउको दाँत स्वस्थ हुनुपर्छ। यदी छेउको दाँतमा किरा लागेको छ भने आरसिटी गर्नुपर्छ।
गिजाको समस्या छ भने गिजाको समस्या समाधान गरेर मात्रै दाँत राख्नुपर्छ। कुनै दाँत भाचिएको छ भनेपनि त्यसको उपचार गरेर मात्रै दाँत राख्नुपर्छ।
डा.अनिल महर्जन
एमडिएस प्रस्थोडोन्टीक्स
समाज डेण्टल हस्पिटल (जाउलाखेल शाखा)