fbpx

सफा गर्दा दाँत कमजोर हुन्छ? – डा.स्वजन खत्री

26 July, 2021

हामी सबैले दाँत सफा गर्न जरूरी छ। यसका धेरै कारण छन्। पहिलो त आफ्नो दाँत सफा र सेतो देखाउनु नै हो।

अर्को कुरा, दाँत र गिजाको बीचमा धेरै फोहोर अड्किएको हुन्छ जसबाट गिँजामा संक्रमण हुनुका साथै गिँजामा रगत आउने समस्या हुन्छ।

त्यस्तै स्याउलगायतका फलफूल खाँदा रगत आउने हुन्छ। गिजाको संक्रमणबाट जोगाउनसमेत दाँत सफा गर्नुपर्छ।

यतिनै समयमा दाँत सफा गर्नुपर्छ भन्ने छैन। तर सामान्यता ६ महिना १ वर्षमा सफा गरेको राम्रो हो। बिरामीको समस्या अनुसार दाँत सफा गर्नुपर्छ।

यसरी सफा गर्‍यो भने दाँत कमजोर हुन्छ भन्ने भ्रम हुन्छ। गिजा र दाँतमा फोहोर जम्मा भएको हुन्छ। यो झिक्दा त्यहाँ खाली भए हल्लिए जस्तो हुन्छ।

दाँत सफा गरिएन भने दाँत हल्लिने समस्या हुन्छ। अन्तिम अवस्थामा त्यसलाई निकाल्नै पर्छ। हड्डीमासमेत असर गर्छ।

सबैभन्दा पहिला दाँत कमजोर हुनुको कारण पत्ता लगाउनुपर्छ। मेरो दाँत सेतो छ, सफा गर्नुपर्दैन भन्ने होइन। दाँतमा कुनै समस्या छैन भने पनि बेलाबखत दाँतको परीक्षण गर्नुपर्छ। धेरैले दाँतमा समस्या नदेखि परीक्षण गराउँदैनन्। साह्रै गाह्रो भयो भने आफैं औषधि खान्छन् त्यसपछि पनि भएन भने मात्रै चिकित्सक कहाँ जान्छन्।

मान्छेले थाहा नपाइकन धेरै समस्या हुन्छन्। दाँतबाट पिप निक्लिएको समेत मान्छेलाई थाहा हुँदैन। त्यस्तो अवस्थामा दाँत सुन्निने हुन्छ। धेरै नदुख्दासम्म मान्छेले यस्तो थाहा पाएका हुँदैनन्।

हरेक दिन दाँत माझे पनि सबैतिर सफा भएको हुँदैन। बुद्धी बंगारामा ब्रस पुग्नै सकेको हुँदैन। त्यसैले पनि दाँतको नियमित परीक्षण गर्नुपर्छ।

धेरै मान्छेहरू दाँतको समस्या लुकाउने गरेका हुन्छन्। दैनिक जीवनमा असर पर्‍यो भने मात्रै परीक्षणमा जान्छन्। दाँत भएन भने खानपिनमै असर गर्छ। आवश्यक पर्ने खाना समेत खान सकिँदैन।

चुरोट खैनी सूर्तीलगायत खानेलाई दाँतको समस्या हुन्छ। बोतल खोल्ने, ओखर चपाउने जस्ता काम गर्नु हुँदैन। दाँतको जथाभावी परीक्षण गर्नु हुँदैन। दाँतको परीक्षण नेपाल मेडिकल काउन्सिलको लाइसेन्स लिएकासँग मात्रै गर्नुपर्छ।

यीनै विषयमा केन्द्रीत रहेर समाज डेन्टल अस्पतालमा कार्यरत दन्त चिकित्सक डा.स्वजन खत्रीसँग Setopati.com ले अन्तरवार्ता लिएको छ ।पुरा भिडियो हेर्न का लागि :- हेर्नुहोस् भिडिओ

scaling damages teeth?
सफा गर्दा दाँत कमजोर हुन्छ?