fbpx

दाँतमा किरा किन लाग्छ,कसरी जोगिने? – डा. सर्वेश मरहट्ठा

5 February, 2023

मुख सफा भएपनि दाँतमा किरा लाग्न सक्छ। गुलियो खाएर १ घण्टासम्म सफा नहुदा समेत असर गर्छ। अरु खाने कुरापनि ३/४ घण्टा बस्यो भने असर गर्छ। विस्तारै त्यो ठाउमा खाल्डो हुनसक्छ भने एसिडले गर्दा किरा लाग्न सक्छ। किरा लागेको ठाउमा बिग्रेको जति फालेर सफा गर्ने अनि सिमेन्ट भर्ने गर्न सकिन्छ।
 
अलिकति समस्या सुरु हुदैमा दाँत भरेमा धेरै समय र खर्च समेत लाग्दैन। तर त्यही ठाउमा आरसिटी गरेर क्याप लगाउन पर्यो भने झन्झटीलो र खर्चिलो हुन्छ। आफु सचेत हुने र बेला-बेलामा दाँत परिक्षण गरेमा किरा लाग्ने समस्याबाट बच्न सकिन्छ।
 
कालो भएर सिरिङ-सिरिङ भएर गुलियो लाग्न थाल्यो भने किरा लागेको हुन्छ। यो समस्या भएको दाँत फ्लस गर्दापनि थाहाँ हुन्छ। फ्लसको प्रयोग गर्दा सजिलै फोहोर आयो भने समस्या छैन भन्ने बुझ्नुपर्छ। तर अड्किने लगायतका समस्या भयो भने किरा लागेको छ कि भनेर परिक्षण गर्नुपर्छ।
 
दाँतमा किरा लागेको सुरुमै थाहा भएमा पुर्ण रुपमा निको हुन्छ। दाँतमा किरा लाग्न नदिन नियमित ब्रस गर्ने, ६/६ महिनामा स्वास्थ्य परिक्षण गर्नुपर्छ, सन्तुलित भोजन गर्नुपर्छ भने दाँतको फ्लस गर्नुपर्छ।