22 March, 2023
दाँत किराले खाने मुख्य कारण भनेको मुख फोहोर भएर, खानहरु अड्किएर अनि नियमित ब्रस भएन भने हो। त्यो बाहेक हामीले कस्तो खाना खाइरहेका छौ भन्नेपनि हुन्छ। जस्तो गुलीयो खाना, कोल्ड ड्रिङ्स खाएर या त दाँतहरु मिलेको छैन भनेपनि दाँतमा समस्या हुन्छ। अर्को नाकबाट श्वास नफेरिकन मुखबाट श्वास फेर्ने गर्दापनि दाँत किराले खान्छ।
बच्चाहरुको दाँत किराले खानुको मुख्य कारण सुरुदेखि ध्यान नदिएर हो। बच्चाको दाँत ६ महिनामै आउछ। बच्चालाई दुध चुसाएको र बोतलबाट खुवाएको बेलामा दाँतहरु सफा गर्ने काम गरेको हुदैन। त्यसैले बच्चाहरुले दुध खाइसकेपछी हातमा कपडा बेरेर सफा गर्नुपर्छ। त्यसैले अभिभावकले समेत बच्चाको ख्याल गर्नुपर्छ। ब्रस गर्ने बेला भएपछि ध्यान दिनुपर्छ।
युवावस्थामा दाँत सफा नगर्ने र ध्यान नदिने गर्दा किराले खान्छ। त्यसैले सरसफाइमा ध्यान दिनुपर्छ भने आफ्नो चिकित्सकहाँ गएर उपचार गराउनुपर्छ। वृद्धावस्थामा खाना अड्किएर किरा लाग्ने लगायका समस्या हुन्छ।
दाँत किराले खाएको उपचार गर्नका लागि कुन तहको समस्या छ त्यसको आधारमा हुन्छ। इनामेल र डेन्टीनको तहसम्म मात्र खाएको छ नसासम्म पुगेको छैन भने फिलिङ गरेर उपचार हुन्छ। नसासम्म समस्या छ भने आरसिटी गर्नुपर्छ।
दाँतलाई लापरबाही गर्यौ, समयमा उपचार भएन भने त्यसको उपचार गर्ने समय धेरै लाग्छ भने खर्चपनि धेरै हुन्छ।
दाँतमा किरा लाग्न नदिन दिनमा दुईपटक अनिवार्य ब्रस गर्नुपर्छ। त्यस्तै डेन्टल फ्लस गर्न सकिन्छ, समय/समयमा चिकित्सकहाँ गएर परिक्षण गर्नुपर्छ। जसले गर्दा दाँतमा भएको समस्या थाहा हुन्छ।
दन्त चिकित्सक
डा. प्रजिता कार्की
समाज डेन्टल हस्पिटल (बानेश्वर)