18 November, 2024
१) दाँत दिनमा २ पटक ब्रस गर्ने
ब्रस गर्ने क्रममा कहिल्यै पनि हतार नगर्ने । करिब २ मिनेट राम्रो संग ब्रस गर्ने। एसिडयुक्त खानाहरु जस्तै अंगुर, सोडा आदि खानेबित्तिकै ब्रस गर्नहुन्न । त्यस्तो कुरा खाएमा कम्तीमा १५–२० मिनेटपछि गर्ने ब्रस गर्नुपर्छ । । जिब्रो पनि मज्जाले सफा गर्नुपर्छ किनकि जिब्रोमा ब्याक्टेरियाहरू रहेका हुन्छन् ।
२) उचित सामानको प्रयोग गर्ने
फ्लोराइडयुक्त मन्जनको प्रयोग गर्नु निकै आवश्यक रहेको छ । दाँत माझ्ने ब्रस पनि नरम ब्रिस्टल भएको प्रयोग गर्नुपर्छ । विद्युतीय ब्रस अझ प्रभावकारी हुन्छन् ।
३) सही तरिकाले ब्रस गर्ने
ब्रसलाई केही तेर्सो कोण बनाएर बिस्टललाई दाँत र गिजा दुवैलाई भेट्ने गरी प्रयोग गर्नुपर्छ । दाँतमा ब्रस हल्कासँग मस्काउनु होस् । ब्रस कडासँग गर्दा गिजामा समस्या पनि आउन सक्छ ।
औसतमा २ मिनेट ब्रस गर्नुपर्छ । यसका साथै, दाँतको वरपर, बाहिरी र भित्री भाग रामोसँगै सफा गर्नु पर्छ । जिब्रोमा पनि राम्रो सफाई गर्नुपर्छ ।
४) आफ्नो सामानलाई सफा गरी राख्ने
दाँत माझिसकेपछि, ब्रसलाई पनि राम्रो सँग सफा राख्नुपर्छ । ब्रसको पानीलाई पनि हल्कासँग झट्काउनु पर्छ । आफ्नो परिवारका अन्य सदस्यका ब्रसहरू एक अर्कोको नजिक नराख्दा उचित हुन्छ । साथै, सानो खुम्चिएको भाडामा पनि राख्नु हुँदैन । ब्रसलाई ठाडो पारेर पानी सुक्ने गरी राख्नुपर्छ ।
५) टुथब्रस परिर्वतन गर्नु पर्ने समय
नयाँ ब्रसमा थोरै पैसा खर्च गर्नु अमुल्य स्वास्थको लागि लाभाकर हुन्छ । ब्रस प्रत्येक ३ महिनामा परिवर्तन गर्नुपर्छ । यसका साथै, ब्रसको बिस्टल बिग्रिएमा परिवर्तन गर्नुपर्छ ।
फ्लसिङ्ग :
फ्लसिङ्ग भनेको धागोले दाँतका बीचमा अड्किएका खानालाई निकाल्नु हो । ब्रसको साहयताले मात्र पनि दाँतको कुनाकाप्चामा पुग्न सक्दैन यसकारण कतिपय समयमा फ्लसिङ्ग जरूरी छ । यस्तो छ । फ्लस कसरी गर्ने ?
१) हल्कासँग गर्ने
हल्का र नरम तरिकाले धागो दाँतको बीचमा लगाउनु पर्छ । त्यसपछि यसलाई रगड्ने । गिजामा भने छुनुहुँदैन । फलस गर्ने धागोलाई सी आकारमा लानु पर्छ ।
२) एक पटकमा एउटा दाँतको गर्ने
दाँतमा फ्लस एक पटकमा एउटामा मात्र गर्ने । जब फ्लस गर्ने क्रममा गिजामा पुग्छ तब घुमाएर अर्को दाँतपट्टि लानुपर्छ । धागो तल माथि गरेर फ्लस गर्ने सकिन्छ ।
३) अन्यको प्रयोग
यदि फ्लसका लागि गाह्रो हुन्छ र धागोलाई ह्यान्डल गर्न सहज हुँदैन भने अन्य उपाय गर्न सकिन्छ । टुथ पिक, प्रि–थ्रेड फोल्सर, वाटर फ्लसर जस्ता एन्टर डेन्टल क्लिनरको प्रयोग गर्न सकिन्छ ।
ब्रस तथा फ्ल्सबाहेक फ्लोराइडयुक्त माउथवासको पनि प्रयोग गर्न सकिन्छ । टुथ पिकको प्रयोग निकै कम मात्रमा गर्ने । धुम्रपानको सेवन नगर्ने । यसको कारण गिजा तथा दाँतको समसया आउँछ ।